kp

Advertisement

K P Oli

हाम्रा प्रधानमन्त्री कति स्वस्थ ?

काठमाडौं । मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएको कार्यक्रममा प्रसंग मिलाएर उनको स्वास्थ्य स्थितिको बचाउ गरेका छन् । आफैंले लेखेको पुस्तक ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ विमोचन कार्यक्रममा डा. सायमीले प्रधानमन्त्रीले स्टेरोइड नामको औषधि आइरहेको, मानसिक समस्यामा रहेको भन्ने विषय हल्ला मात्र भएको बताए ।
राम्रै चिनजान भएपछि प्रधानमन्त्रीको उपचारमा प्रत्यक्ष संलग्न सायमीको भनाइ यत्तिमै रोकिएन । ‘उहाँमा कुनै त्यस्तो समस्या छैन । स्टेरोइडका कारण उहाँले केही सम्झनुहुन्न भन्ने कुरा गलत हुन्,’ उनले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ । मिर्गौला प्रत्यारोपण गरिएकाले त्यसका लागि चाहिने औषधि भने खाइरहनुभएको छ ।’
सायमीको यो भनाइ कार्यक्रममा साइड टकिङको विषय पनि बन्यो । ‘उहाँले निकाल्नै नपर्ने विषय निकाल्नुभएको हो, कतै उहाँलाई बोल्न लगाइएको त होइन, भन्ने सन्देह जन्मियो,’ कार्यक्रममा सहभागी एक चिकित्सकले भने ।
ओलीको घरघरमा खाना पकाउने ग्यासको पाइप पुर्याउने, एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, विद्युत्तीय रेल सञ्चालन गर्ने र हावाबाट विद्युत्त निकाल्ने प्रतिवद्दतालाई विभिन्न सामाजिक सञ्जालमा ठट्टाको विषय बनाइएको छ । नागरिक दैनिकमा खबर छ ।

Advertisement
kp kp Reviewed by xyz on 1:30 AM Rating: 5

No comments: