यस्ता थिए अमरिश पुरीले निभाएका मुटु थर्काउने खलनायक रोलहरु
एजेन्सी, मुम्बई, पुस २८ print
बलिउड फिल्मको प्रभाव क्षेत्रमा अमरिश पुरीको छवि यस्तो छ कि नकारात्मक छवि भएकाहरुलाई प्रष्ट्याउँदा उनी बिम्ब बन्छन् । धोद्रो स्वर, डरलाग्दो आँखा र पूर्विय सौन्दर्यको मानकभन्दा विपरित सौन्दर्यको अनुहार, बलिष्ठ ज्यानका धनी उनी बलिउडमा हिरो बन्न आएका थिए । तर, उनी नायकमा नभई खलनायकमा पत्याइए । अन्तिममा उनलाई यही खलनायक भूमिका नै फाप्यो ।
मृत्यु भएको ११ वर्ष बित्दा पनि उनको खलनायकी चरित्रको चर्चा सेलाएको छैन । बलिउडदेखि हलिउडसम्मका फिल्ममा निभाएका विभिन्न खाले खलनायकी भूमिकाले उनलाई जीवन्त बनाएका छन् । ती चरित्र फरकफरक पनि थिए ।
उनी कुन–कुृन खलनायकी चरित्रमा बढी रुचाइए त ?
फिल्म–निशान्त
रिलिज–१९७५
चरित्र–जमिनदार
फिल्म–इन्डियाना जोन्स एन्ड द टेम्पल अफ धुम (हलिउड)
रिलिज–१९८४
चरित्र–मौला राम
फिल्म–नगिना
रिलिज–१९८६
चरित्र–भैरोनाथ
फिल्म–मिष्टर इन्डिया
रिलिज–१९८७
चरित्र–मोगैम्बो
फिल्म–राम लखन
रिलिज–१९८९
चरित्र–विश्वम्भरनाथ
फिल्म–हातिम
रिलिज–१९९०
चरित्र–जादुगर कमलाक
फिल्म–अजुबा
रिलजि–१९९१
चरित्र–वजिर ए आला (आका वजिर)
फिल्म–तहलका
रिलिज–१९९२
चरित्र–जनरल डंग
फिल्म–दामिनी
रिलिज–१९९३
चरित्र–बेरिष्टर इन्द्रजित चड्डा
फिल्म–करण अर्जुन
रिलिज १९९५
चरित्र–ठाकुर दुर्जन सिंह
फिल्म–गदर एक प्रेम कथा
रिलिज–२००१
चरित्र–असरफ अली
फिल्म–नायक
रिलिज–२००१
चरित्र–मुख्यमन्त्री बलराज चौहान
Amrish Puri's villain roles
Reviewed by xyz
on
6:03 AM
Rating:
No comments: